रुस-युक्रेन युद्धमा डोनाल्ड ट्रम्पले पुटिनलाई दिए चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने बताएका छन्।
राष्ट्रपति पद सम्हालेपछि पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन्।
यद्यपि ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नहुने पनि बताए।
डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउनुपर्ने समेत उल्लेख गरे।
माघ ९, २०८१ बुधबार ०७:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।