यो सरकार २०८४ सम्मै गइदिए हुन्थ्यो, गएन भने कांग्रेस हाम्रो पार्टनर छँदैछ : प्रचण्ड
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको दाबी गरेका छन्।
चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए।
'अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन, उनले भने।
आफूहरू सरकार परिवर्तनको खेलमा नभएको भन्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गइदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए।
'यो सरकार २०८४ सम्मै गइदिए हुन्थ्यो, गएन भने कांग्रेस हाम्रो पार्टनर छँदैछ, उनले भने।
माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनको भनाई छ।
माघ ८, २०८१ मंगलबार २०:२२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।