‘होस्टेल रिटर्न्स’देखि ‘कारखाना’सम्मले चलाउन नसकेका सुशिललाई ‘४० लाखको एक्सन सिन’ले कसो नचलाउला!

काठमाडौं : एक दशकअघि फिल्म ‘होस्टेल रिटर्न्स’मार्फत अभिनेताका रुपमा आएका सुशिल श्रेष्ठले त्यसपछि लगातार ‘सायद २’,‘कारखाना’मा अभिनय गरे। उनले तीन वटा फिल्ममा अभिनय गरिसक्दा पनि उनको चर्चा हुन सकेको छैन। तर, लुक्सको भने बेला बेलामा चर्चा हुन्छ।
उनले अभिनय गरेको पछिल्लो एक्सन जनराको फिल्म ‘आउटलः दफा २१९’ को प्रदर्शन मिति पनि पटक-पटक सरिरहेको छ।
गत असोज ३ मा प्रदर्शनमा आउने भनेर हल्ला मच्चाउन थालिएको थियो। अचानक निर्माण पक्षले फिल्म हलमा लगाउने साइतै परेको छैन भनेर रोकेको थियो। त्यसपछि अब यो फिल्मलाई निर्माण टिमले फागुनको २९ बाट रिलिजमा आउने भनेर प्रचार गर्दैछन्। त्यो पनि भव्य एक्सन सहितको।
२ दिनअघि यो फिल्मको एक सिनलाई ४० लाख खर्चिएको दाबी गरिएको छ। यो एक्सन सिनमा सुशिलको शरीरमा आगो लगाइएको एक तस्विर बाहिरिएको छ। जुन सिनका लागि निर्माण टिमले ४० लाख खर्चिएको भनिरहेका छन्। यो दृश्य नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन भएको निर्माण टिमको दाबी छ।
तर, धेरैले पत्याइरहेका छैनन्। किनभने फिल्म चलाउन निर्माण टिमले यस्ता अनेकौं टिक्डम गरिरहेकै हुन्छन्। त्यसैले पनि होला, अहिले सुशिलको हकमा पनि भन्न थालिएको छ- फिल्म ‘होस्टेल रिटर्न्स’,‘सायद २’, ‘कारखाना’ले चलाउन नसकेका सुशिललाई ४० लाखको दृश्यले कसो नचलाउला!
हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको यो फिल्ममा विक्की महर्जनले लेखन तथा निर्देशन छ भने अमित अग्रहरिले लगानी गरेका छन्।
फिल्ममा सुशीललाई शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु ल्वागुन, विशाल पहारी लगायतले अभिनयमा सघाएका छन्।
माघ ८, २०८१ मंगलबार १८:२३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।