'घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने'

'घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन्। 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे। 

‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरु घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौ,’ उनले भने, ‘म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दैछौं र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौं।’

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरूलाई उत्साहित तुल्याएको बताएका थिए। 

माघ ८, २०८१ मंगलबार १७:१४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।