५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

काठमाडौं : नेप्से परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ। परिसूचक पाँच दशमलव ०८ अङ्कले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो।

आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ। 

त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर किनबेच भएको छ। 

माघ ८, २०८१ मंगलबार १५:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।