क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही

क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही

काठमाडौँ : अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन क्लोज क्याम्पबाट बाहिरिँदा समेत कारबाहीबाट जोगिएका सन्दीप लामिछाने अम्पायरबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण नेपाल क्रिकेट सङ्घ (क्यान) को कारबाहीमा परेका छन्।

‘जय ट्रफी’ खेल्ने क्रममा लामिछाने सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने लेखेर अनुशासन उलङ्घन गरेको भन्दै क्यानले एक खेलमा प्रतिबन्ध लगाउँदै स्पष्टीकरण सोधेको हो।

सन्दीपले जनवरी १० मा सामाजिक सञ्जाल फेसबुकमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने र अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने लेखेका थिए।

यस अगाडि सन्दीप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन क्लोज क्याम्प राखेको होटेलबाट थाहै नदिई बाहिरिएर एक युवतीको बलात्कार गरेको घटना सार्वजनिक हुँदा पनि क्यानले अनुशासनको कारबाही गरेको थिएन।

जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीपले उच्च अदालतबाट सफाइ पाएका थिए। उच्चको फैसलामा त्रुटी देखिए पनि सरकारी पक्षले फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा नजाने अर्को विवादित निर्णय गरेको थियो।

माघ ८, २०८१ मंगलबार १५:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।