प्रचण्डको अगाडि शशांकले भने '...तर, राजनीतिमा जे पनि हुन्छ'

प्रचण्डको अगाडि शशांकले भने '...तर, राजनीतिमा जे पनि हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन्।  

आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनीतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए। 

उनले दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने बताए।

नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताए।

कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ। तत्काल तलमाथि हुने सम्भावना कमै छ। नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं।’ 

उनले अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने भन्दै स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने बताए। 

संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको भन्दै उनले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए। 

‘अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो, उनले भने। 

त्यसअघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने बताएका थिए। 

माघ ८, २०८१ मंगलबार १४:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।