मेयर हर्कले धरानबाट ल्याएको रित्तो गाग्री प्रहरीको कब्जामा (तस्विरहरू)

मेयर हर्कले धरानबाट ल्याएको रित्तो गाग्री प्रहरीको कब्जामा (तस्विरहरू)

काठमाडौं : धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित सिंहदरबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको गाग्री प्रहरीले खोसेको छ।

मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनलाई प्रहरीले रित्तो गाग्री खोसेर सिंहदरबारमा प्रवेश दिएको छ।

आफू चर्चा कमाउनका लागि मात्र नभएर धराने जनताको काम गर्न काठमाडौं आएको भन्दै धरानको खानेपानीको दीर्घकालीन व्यवस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने बताए।

धरानको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने गरी सोमबार उनी काठमाडौं आएका हुन्। उनले खानेपानी मन्त्रालयमा छलफल गरेपछि अर्थ मन्त्रालय पुगेका छन्।

माघ ८, २०८१ मंगलबार १३:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।