ट्रम्पले उल्ट्याए बाइडेनका ७८ निर्णय : पेरिस सम्झौताबाट बाहिरिने, क्यानाडा र मेक्सिकोमाथि थपियो २५ प्रतिशत कर

ट्रम्पले उल्ट्याए बाइडेनका ७८ निर्णय : पेरिस सम्झौताबाट बाहिरिने, क्यानाडा र मेक्सिकोमाथि थपियो २५ प्रतिशत कर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति सपथ लिएको ६ घण्टाभित्रै ट्रम्पले बाइडेनका ७८ वटा निर्णयलाई उल्ट्याएका छन्।

सपथ ग्रहणपछि ट्रम्प क्यापिटल वन एरिना पुगेका थिए। यहाँ उनले बाइडेनका निर्णयहरू उल्टाउने सहित धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे।

ट्रम्पले लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई समानता दिने, पेरिस जलवायु सम्झौतामा अमेरिका रहिरहने जस्ता बाइडेनल गरेका कयौं निर्णयलाई उल्ट्याएका छन्।

आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिर निकालेका थिए, जुन निर्णयलाई पटि बाइडेनले उल्टाएका थिए।

क्यापिटल वन एरिनापछि ह्वाइट हाउस पुगेका ट्रम्पले त्यहाँ पनि धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरे। जसमा जनवरी ६ मा भएको हिंसाका दोषीहरूलाई माफी दिने र रिहा गर्ने र विश्व स्वास्थ्य संगठनबाट बाहिरने आदेशहरू समावेश छन्।

ट्रम्पले फेब्रुअरी १ ​​देखि क्यानडा र मेक्सिको लगायतका छिमेकीहरूमाथि थप २५ प्रतिशत कर लगाउने बताएका छन्।

जागिर भर्ती र घरबाट काम गर्न प्रतिबन्ध
डोनाल्ड ट्रम्पले संघीय रोजगारीका लागि कर्मचारी भर्तीमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। तर, यो आदेशमा सेनाको भर्तीलाई भने समावेश गरिएको छैन।

ट्रम्पले सबै संघीय कर्मचारीहरूलाई कार्यालयमा आएर काम गर्न आदेश दिँदै घरबाट काम गर्न प्रतिबन्ध लगाइएको छ। ट्रम्पका सहयोगी एलोन मस्कले निर्वाचनका बेला निजामती कर्मचारीको संख्या घटाउने र घरबाटै काम गर्न प्रतिबन्ध लगाउने कुरा गरेका थिए।

आफ्नो पहिलो आदेशमा ट्रम्पले बाइडेनका ७८ निर्णयहरू उल्टाउँदै क्युबालाई पुन: आतंकवादलाई बढावा दिने देशहरूको सूचीमा राखेका छन्। बाइडेनले यसै महिना क्युबालाई यो सूचीबाट हटाएका थिए। ट्रम्पले औषधिको मूल्य घटाउने आदेशलाई पनि उल्टाएका छन्।

यसका साथै ट्रम्पले मेक्सिकोको खाडीको नाम बदलेर ‘गल्फ अफ अमेरिका’ गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्।

क्यापिटल हिल हिंसाका १५ सय अभियुक्तलाई आममाफी
आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल हिंसामा लगभग १५ सय आरोपीहरूलाई रिहा गर्ने आदेश दिएका छन्।

तीमध्ये २२ वर्षको जेल सजाय भोगिरहेका प्राउड ब्वाइज समूहका नेता एनरिक टारियोलाई पनि माफी दिइएको छ।

न्यूयोर्क टाइम्सका अनुसार एनरिके लुइसियानाको जेलबाट रिहा भएका छन्। एनरिके सबैभन्दा धेरै सजाय पाएका थिए।

दोषीलाई रिहा गर्ने आदेशपछि वासिङ्टन डिसीको जेलबाहिर ठूलो संख्यामा मानिसहरू पुगेका थिए।

पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरियो
डोनाल्ड ट्रम्पले पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अमेरिका बाहिरिएको छ।

ट्रम्पले कोभिड-१९ को समयदेखि नै डब्ल्यूएचओको आलोचना गर्दै आएका छन्। ट्रम्पले जुलाई २०२० मा पनि औपचारिक रूपमा अमेरिकालाई डब्ल्यूएचओबाट फिर्ता लिएका थिए।

उनले कोभिड-१९ को फैलावट रोक्न डब्लूएचओको असफलता नै यसको कारण भएको बताएका थिए।

चीनको सर्ट भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने अदालतको आदेशलाई रोक्न ट्रम्पले कार्यकारी आदेश जारी गरेका छन्।

ट्रम्पले भने- अमेरिकालाई फेरि महान् बनाउनेछ
सपथपछि ३० मिनेट राष्ट्रका नाममा सम्बोधन गरेका ट्रम्पले अमेरिकाको स्वर्ण युग भर्खरै सुरु भएको बताए।

उनले अमेरिका फेरि समृद्ध बन्ने र विश्वभर सम्मानित हुने बताउँदै अमेरिकालाई आफूले पहिलो स्थानमा राखेर सुरक्षालाई पुनर्स्थापित गर्ने धारणा व्यक्त गरे।

उनले भने, ‘हामी अमेरिकालाई फेरि महान बनाउनेछौँ।’

माघ ८, २०८१ मंगलबार ०९:४२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।