ट्रम्पद्वारा क्यापिटल हिल दंगामा संलग्न १५०० जनाको सजाय माफी

ट्रम्पद्वारा क्यापिटल हिल दंगामा संलग्न १५०० जनाको सजाय माफी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० व्यक्तिलाई माफी दिने आदेश जारी गरेका छन्।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन्।

यसअघिको राष्ट्रपति निर्वाचनमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए।

क्यापिटल हिल दंगाको आरोपमा जेलमा परेका ट्रम्प समर्थकका वकिलले स्थानीय समयअनुसार सोमबार रातिसम्म जेलमा परेका मानिसहरू रिहा हुने आशा व्यक्त गरेका छन्।

ट्रम्प समर्थकहरूको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर उनीहरूको रिहाइको लागि पर्खिरहेको छ।

माघ ८, २०८१ मंगलबार ०९:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।