राष्ट्रिय दलित गोलमेच सम्मेलनको अवधारणा सार्वजनिक

राष्ट्रिय दलित गोलमेच सम्मेलनको अवधारणा सार्वजनिक

काठमाडौं : राष्ट्रिय दलित गोलमेच सम्मेलन सचिवालयको बैठकले आफ्नो अवधारणा पत्र पारित गरेको छ।

डा निर्मल विश्वकर्मा, डा मित्र परियार, खगेन्द्र सुनार, राजेश मयाल अग्निशिखा, तारासिँह विश्वकर्मा, शुनिल राम, संगिता कुमारी राम, तुलशी रसाइली, राजेश नेपाली, प्रकाश टमटा प्रतिकार रहेको सचिवालयले अवधारणा पत्र पारित गरेको हो।

देशभरि छरिएर रहेका दलित समुदायका अभियन्ताहरुबीचको काठमाडौंमा बसेको संयुक्त गोलमेच बैठकले वैशाखमा राष्ट्रिय गोलमेच सम्मेलन गर्ने निर्णय गरेको थियो।

गोलमेच सम्मेलनको आवश्यकताका सन्दर्भमा राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिती सचिवलयद्धार सार्वजनिक गरेको अवधारणा पत्रमा वर्तमान राज्य सत्ताको चरित्र र दलित, दलित समुदायको प्रतिरोध, गोलमेच सम्मेलनको अन्तराष्ट्रिय र राष्ट्रिय सिकाइ, गोलमेच सम्मेलनको आवश्यकता, गोलमेच सम्मेलन तयारीको पृष्ठभूमि, गोलमेच सम्मेलनको व्यवस्थापन, गोलमेच सम्मेलनको विधि र भावी योजना बारेमा छलफल गरिएको छ।

सम्मेलन मार्फत वर्तमान अन्तर्राष्ट्रिय परिवेश, दलित समुदायको पहिचान र इतिहास, दलित समुदायका सन्दर्भमा सामाजिक अन्तर्द्धन्दको विश्लेषण, राज्य सत्ता, राजनीतिक पार्टी र शासकहरुमा नीति, नियत र व्यवहार विश्लेषण, दलित मुक्तिको दर्शन र सिद्धान्तः सामुदायिक समाजवाद, सैद्धान्तिक द्धिविधामा निचोड जस्तै दलित मुक्तिको सवाल राजनीतिक हो कि सामाजिक हो कि धार्मिक, दलित समुदायको पहिचान, दलित शब्द राख्ने कि नराख्ने लगायतका विषयमा साझा एजेन्डा विकास गरिने डा निर्मल विश्वकर्माले बताए। 

माघ ७, २०८१ सोमबार २१:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।