सनसिल्क भाइब्स चौथो सिजनका विजेताहरूको नाम घोषणा
काठमाडौं : युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलता पछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लागेको छ।
यस वर्ष, अभियानलाई 'सनसिल्क भाइब्स'को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई फराकिलो पारेको हो।
नयाँ थिम लाइन, 'माई हेयेर, माई भाइब्स'ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खुल्ने महत्त्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको कम्पनीको दाबी छ।
यस अभियानले सहभागीहरूलाई हयेरस्टाइलहरू-टाईमलेस क्लासिक्स देखि बोल्ड, कन्टेम्पोररी लुकसम्म- अन्वेषण र आफ्नो अनुभव शेयर गर्न आमन्त्रित गरेको थियो।
कम्पनीका अनुसार यो अभियान कपालको बारेमा मात्र थिएन, यो आफैंलाई अभिव्यक्त गर्ने र आफ्नो अद्वितीय भावनालाई अँगाल्नुको बारे पनि थियो।
यो वर्ष नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो। प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो, जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत गर्यो।
यस वर्षको सनसिल्क ग्याङ अफ गल्र्सको घोषणासँगै समापन भयो। माघ ४ मा भएको घोषणा अनुसार विजेताहरू आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरू भन्दा अघि पुगेका थिए। प्रत्येक विजेताले १ लाख प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाए।
यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ। अतुलनीय प्रतिक्रियाले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको कम्पनीको दाबी छ।
माघ ७, २०८१ सोमबार १९:४८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।