नेपाल लाइफको 'एमडीआरटी अचिभर्स अवार्ड २०२५' समारोह सम्पन्न

नेपाल लाइफको 'एमडीआरटी अचिभर्स अवार्ड २०२५' समारोह सम्पन्न

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी अचिभर्स अवार्ड, २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ। सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिमसम्ममा ‘एम.डी.आर.टी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ।

काठमाडौंमा भएको कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्तिकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। 

स्वागत मन्तव्य राख्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलोसम्म पुर्याउने गरी काम गर्न सम्पूर्ण अभिकर्ताहरुलाई आग्रह गरिन्। 

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे। 

प्रमुख अतिथि कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरूलाई बधाई दिँदै अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन आग्रह गरे।  

उनले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा बताए।  

माघ ७, २०८१ सोमबार १८:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।