स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडिआइजी जोशीलाई ६० लाख धरौटीमा छाड्न आदेश
काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई ६० लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन्।
थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए।
उनी आजै धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो।
यस सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
त्यसअघि रवि लामिछाने भने काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भइसकेका छन्।
माघ ७, २०८१ सोमबार १५:२९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।