एकीकृत समाजवादी : वार्षिक आम्दानी ४ करोड बढी, घाटा ३२ लाख

एकीकृत समाजवादी : वार्षिक आम्दानी ४ करोड बढी, घाटा ३२ लाख

काठमाडौं : एकीकृत समाजवादी पार्टीले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले केन्द्रीय कार्यालयको सूचना पाटीमा टाँस गरी गत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनमा सार्वजनिक गरेका हुन्। 

प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा देखिएको छ।

उक्त गत वर्ष पार्टीको ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। 

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क,अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोत रहेको प्रमुख पौडेलले जानकारी दिए।

माघ ७, २०८१ सोमबार १५:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।