झापामा अटोरिक्सा र जिप ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौं : झापाको बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन घाइते भएका छन्।
मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति-४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए।
प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नम्बरको जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका-१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति-४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन्। उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ।
प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
माघ ७, २०८१ सोमबार १४:५८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।