अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै कुटपिट गरेको आरोपमा थप एक महिला पक्राउ

अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै कुटपिट गरेको आरोपमा थप एक महिला पक्राउ

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात आरोपमा थप एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका-४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छिन्।

उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

यही माघ २ मा थुनछेक बहस सकाएर निस्कने क्रममा काठमाडौं जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो। 

रास्वपा सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट त्रिपाठीले बहस गरेका थिए।

उनीमाथि हातपात भएलगत्तै प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका- १ घर भई ललितपुरको महालक्ष्मी- ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो। त्यसपछि हुम्लाको अदानचुली गाउँपालिका- ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे पक्राउ परे। 

पक्राउ परेकाहरूविरूद्ध ज्यान मार्ने उद्योगको कसुरमा थप अनुसन्धान भइरहेको छ। 

माघ ७, २०८१ सोमबार १४:३७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।