स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो
काठमाडौं : मलेसियामा जारी आईसीसी यु१९ महिला टि२० विश्वकपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ।
मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन्। नेपाली टोलीमा २ परिवर्तन गरिएको छ।
बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले मौका पाएका छन्।
पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
खेलमा ब्याटिङ पुर्ण रुपमा धराशाही हुँदा नेपाल ५२ रनमा अल आउट भएको थियो। स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो।
दुवै टोलीका लागि तेस्रो खेलका प्रतिद्वन्दीहरु कठिन छन्। त्यस कारण यस खेलमा जित हात पार्दै दुवै टोली सुपर सिक्सको मार्ग सहज बनाउँने लक्ष्यमा रहेका छन्।
नेपालको प्लेइङ-११
कृष्मा गुरुङ, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत।
माघ ७, २०८१ सोमबार १२:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।