नेपाल लाइफद्वारा ९५ जना अभिकर्ता सम्मानित

नेपाल लाइफद्वारा ९५ जना अभिकर्ता सम्मानित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको छ।

सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए।

आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पुर्याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एकजुट भई लाग्न आग्रह गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए। 

नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ  हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे।

पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए। अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे। क्वालिफायर भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गरे।

बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताए।

विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरु एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन आग्रह गरे।

बिमामा रिस्क बेस्ड क्यापिटल तथा अन्य प्रावधानहरूको व्यवस्था भएसँगै चुनौतीहरू थपिएको र यस चुनौतीलाई अवसरमा परिणत गर्न नेपाल लाइफकर्मीहरू अब्बल रहने र सफलताको शिखर चुम्नेमा आफू विश्वस्त रहेको बताए।

माघ ७, २०८१ सोमबार ०८:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।