ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

ट्रम्पको आश्वासनपछि अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

एजेन्सी : डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो।

आइतबार टिकटकले अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो।

अमेरिकी कानूनको आधारमा टिकटकले यस्तो कदम चाल्नुपरेको हो, जसले राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो।

ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन्। विगतमा ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए।

वास्तवमा, अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।

यसपछि अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घन्टाअघि टिकटकले आफ्नो गतिविधि बन्द गरेको थियो।

यसैबीच ट्रम्पका निर्वाचनका सहयात्री धनाढ्य एवं सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक एलन मस्कले आफू पहिल्यैदेखि टिकटकमा लगाउने भनिएको प्रतिबन्धको विरोधमा रहेको बताएका छन्।

टिकटकमाथिको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भन्दै उनले एक्स चीनमा आफ्नो प्लेटफर्म एक्स नचल्नुलाई असन्तुलित भनेका छन्। उनले यसमा केही परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्।

माघ ७, २०८१ सोमबार ०८:०८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।