नेपाल खो–खो विश्वकपको उपविजेता, भारतले पायो उपाधि

नेपाल खो–खो विश्वकपको उपविजेता, भारतले पायो उपाधि

काठमाडौँ :  भारतसँग फाइनलमा पराजित भएपछि नेपाल महिलातर्फको खो–खो विश्वकपको उप- विजेता भएको छ।

नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अंकले पराजित भयो। भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो।

महिलातर्फ नेपाल र भारत दुव‌ै अपराजित रहँदै फाइनलसम्म पुगेका थिए। दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मार्यो।

महिलातर्फ नेपाल समूह ‘सी’मा सबै चार खेल जित्दै अपराजित रहेर समूह ‘सी’को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो।

माघ ६, २०८१ आइतबार २०:३९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।