हिरोको एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य तीन लाख ८४ हजारसम्म

हिरोको एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य तीन लाख ८४ हजारसम्म

काठमाडौँ : सिजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीआरको क्षेत्रिय ग्राण्ड सार्वजनिक गरेको छ। बिर्तामोडमा रहेको सिजीको आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा  नयाँ मोटरसाइकलको रिजनल लन्च गरेको हो।

हिरोको एक्स्ट्रिम १६० आर फोरभी(प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टको लागि ३ लाख ११ हजार ९ सय रहेको कम्पनीले सार्वजनिक गरेको छ।

सार्वजनिक दुवै हिरोका मोडेलहरू नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एसेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार एक्स्ट्रिम १६० आर फोरभीमा १६० सिसी सेगमेन्ट रहेकोमा सार्वजनिक गरिएको बाइकमा १६३ सिसी ४–भल्भबीएस–भीआई इन्जिन रहेको छ।

१४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।

एक्स्ट्रिम १२५ आर १२५ सिसीको इन्जिन रहेको छ। यसमा ईबीटी प्रणाली उपलब्ध छ। एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश रहेको कम्पनीले जानकारी दिएको छ।

माघ ६, २०८१ आइतबार १९:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।