सिमेन्ट उद्योगमा भएको विद्युत् कटौती हटाउन वाणिज्य मन्त्रीलाई आग्रह

सिमेन्ट उद्योगमा भएको विद्युत् कटौती हटाउन वाणिज्य मन्त्रीलाई आग्रह

काठमाडौँ : नेपाल सिमेन्ट उत्पादक सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घ सहित ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यवसायीका प्रतिनिधिले उद्योगहरूमा भई रहेको विद्युत् आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्बाध उद्योग सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्।

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसँगको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन्।

भेटमा सिमेन्ट उद्योगले उत्पादन गरी माग बमोजिम सहज सिमेन्ट आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने विषयमा छलफल भएको छलफलमा सहभागी एक पदाधिकारीले जानकारी दिए।

छलफलमा उद्योगहरूमा भई रहेको विद्युत् आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्बाध रूपमा उद्योग संचालनगर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने सहमति भएको ती पदाधिकारीले जानकारी दिए।

माघ ६, २०८१ आइतबार १९:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।