बैंक र अर्थतन्त्र डुब्दैछ भनेर हावादारी प्रचार भएको अर्थमन्त्री पौडेलको गुनासो
काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा कुनै समस्या नभएको दाबी गर्दै बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर गलत प्रचार गरिएको दाबी गरे।
मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्जा प्रवाह बढिरहेको, निक्षेप जसरी नै कर्जा विस्तार पनि बिस्तारै भइरहेको दाबी समेत गरे।
बैंकको लगानीमा सुधार भइरहेको दाबी गर्दै उनले बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर नकारात्मक प्रचार भइरहेको र यस्तो प्रचारले स्थान पाउन नहुने तर्क गरे।
‘बैंक र अर्थतन्त्र डुब्दैनन्। न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन्। हावादारी प्रचार गर्न हुँदैन। एकाध समस्या हुन सक्छन् तर त्यसको समाधान गर्न सकिन्छ’ उनले भने।
उनले यसपालि बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरक फरक भएर विचित्रको अवस्था आएको बताए।
एमाले र माओवादी संयुक्त सरकारको अर्थमन्त्रीको रूपमा जनार्दन शर्माले बजेट ल्याएका थिए। पछि सत्ता समीकरण बदलिएर नेपाली कांग्रेस र एमालेको नेतृत्वमा सरकार बनेपछि पौडेल अर्थमन्त्री भएका थिए।
‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु’ उनले आइतबार भने।
माघ ६, २०८१ आइतबार १८:४५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।