धोविखोला करिडोरका पाँच सय रोपनी जग्गा अतिक्रमित, संरचना भत्काउन प्राधिकरण सक्रिय

धोविखोला करिडोरका पाँच सय रोपनी जग्गा अतिक्रमित, संरचना भत्काउन प्राधिकरण सक्रिय

काठमाडौँ : उपत्यका विकास प्राधिकरणले काठमाडौँ धोविखोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम् संरचना भत्काउन सुरु गरेको छ।

धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै प्राधिकरणले ती जग्गामा बनेका संरचना हटाउन सुरु गरेको हो।

आइतबार काठमाडौँ महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको हो। चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए।

आइतबार प्राधिकरणले ओम अस्पतालले सरकारी जग्गा मिचेर बनाएको पर्खाल भत्काएको थियो। ओम अस्पताल नजिकै सरकारी जग्गामा फोहोर संकलन तथा प्रशोधन केन्द्र समेत छ। सो संरचनामा समेत प्राधिकरणले डोजर चलाएको थियो।

माघ ६, २०८१ आइतबार १८:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।