नेप्से परिसूचक १२.५८ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब माथि

नेप्से परिसूचक १२.५८ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब माथि

काठमाडौँ : साताको पहिलो दिनको कारोबारमा आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर बजार बन्द भयो। बजार बढ्दा नेप्से परिसूचक २६०१.२१ अंक पुगेर बन्द भयो।

गत बिहीबार बजार ७.३३ अंकले घटेर २५८८.६२ मा पुगेको थियो। गत साता फाइनान्स क्षेत्रको सेयर मूल्य घट्दा समग्र नेप्से परिसूचकमै नकारात्मक असर परेको थियो। आइतबार फाइनान्स क्षेत्रमा सकारात्मक करेक्सन देखियो।

आइतबारको बजारमा हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक लगायतका क्षेत्रको मूल्य बढ्दा होटेल तथा पर्यटन र म्युचुअल फन्डको मूल्य घट्यो।

आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढ्यो, छ भने ६८ कम्पनीको घट्यो। चार कम्पनीको मूल्य स्थिर रह्यो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजारमा कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री भएको थियो। यसमा ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ कारोबार भयो।

आइतबार बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशत बढ्यो। विन नेपाल लघुवित्तको ९.०९, सामलिङ पावर कम्पनी ७.४६, नेपाल रिपब्लिक मिडिया ७.३७ र एनएमबी डिबेन्चरको ७.३५ प्रतिशतले मूल्य बढ्यो।

आइतबारको बजारमा सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।  सुपरमादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घट्यो। एनआईसी एसिया सेलेक्ट फन्ड ६.९३, रिभर फल्स पावर ६.४५, ११ प्रतिशत केबीएल डिबेन्चर ५.२५ र अपर हेवाखोला हाइड्रोपावरको ४.४२ प्रतिशतले घट्यो।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै २६ करोड ८५ लाखको कारोबार भयो। सुपर मादी हाइड्रोपावरको २४ करोड ४५ लाख, सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाखको कारोबार भयो।

माघ ६, २०८१ आइतबार १६:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।