वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या घट्यो
काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए। गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो। त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ।
व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो। व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ।
विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ।
पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ।
माघ ६, २०८१ आइतबार १३:४९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।