भक्तपुरमा चिनिया ड्रागन डान्स

भक्तपुरमा चिनिया ड्रागन डान्स
तस्बिर : रासस

भक्तपुर : ‘नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’को अवसरमा भक्तपुर नगरपालिकाले शनिवार विशेष कार्यक्रम आयोजना गर्यो।

भक्तपुर दरबारस्क्वायमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गरेका थिए। 

कार्यक्रममा चिनिया कलाकारहरूले ड्रागन डान्स प्रस्तुत गरेका थिए। नेपाली कलाकारहरूले नेपाल कला झल्काउने नृत्य प्रस्तुत गरेका थिए।

 

 

माघ ५, २०८१ शनिबार २२:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।