उकेरा टप फाइभ : डा. अर्चनाको उपचार अनुभवदेखि राजेन्द्र लिङ्देनले कमल थापालाई गरेको अस्विकारसम्म

उकेरा टप फाइभ : डा. अर्चनाको उपचार अनुभवदेखि राजेन्द्र लिङ्देनले कमल थापालाई गरेको अस्विकारसम्म

काठमाडौं : नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो।
 
मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। विगत सात वर्षदेखि माघ ५ मा मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ। त्यसैलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको हो। 

कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठ वटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्री सिंहले सहिद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाइते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाइते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाइते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे।

अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार 

२०२० सालमा तत्कालीन राजा महेन्द्रले छुवाछूतविरूद्वको मुलुकी ऐन ल्याए। त्यो खुसियालीमा भदौ १ मा, देशैभरी सरकारी अड्डाहरूमा दलितले पकाएको गैरदलितले खाने भन्ने ‘माथीको हुकुम’ जारी भयो। उदयपुरका हरिशंकर परियारका बुवा पनि जिल्ला प्रशासन कार्यालय चिया बनाएर खुवाउले कार्यक्रममा कार्यक्रममा सरिक भए। उनका बुवाले एक खड्कुलो चिया बनाएर सरकारी कर्मचारीलाई दिए। तर, उनीहरूले चिया खान किन मान्थे र! राजाको हुकुम हुँदा पनि दलितले पकाएको नखाने ती सरकारी कर्मचारीलाई के गर्ने होला भनेर हरिशंकर मनमनै गम्न थाले। प्रस्तुत छ, उकेराको नियमित स्तम्भ 'जातका कुरा'। 
पूरा समाचार: कांग्रेसमा विद्रोह गरेर ज्ञानेन्द्रको मन्त्री बनेका हरिशंकर- राजाले दलितको मुद्दा मज्जैसँग सुन्थे, तर कार्यान्वयन गर्दैनथे

‘जनरल सर्जन’ हुन् डा. अर्चना केसी। औषधि उपचार अनि शल्यक्रिया गरी बिरामीको रोग सञ्चो बनाउनु उनको दैनिकी हो। दुर्गमका बिरामीको दुःख उनले नजिकबाट नियालेकी छन्। वीर अस्पतालमा कार्यरत डा. अर्चनाको चिकित्सक बन्ने चरणका दुखहरु पनि कम छैनन्। बाल्यबालदेखि नै  मस्तिस्कसँग सम्बन्धित स्वास्थ्य समस्या रहेका बुबालाई देखेकी उनले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगका अनुभव उकेरासँग साटेकी छन् :
पूरा समाचार: डा. अर्चनाको उपचार अनुभव : एमडी पढ्दा ढाड दुखेर पढाइ नै छोड्नु परेको तीतो सम्झना

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल कसैसँग एकीकरण नगर्ने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राप्रपाका अध्यक्ष लिङदेनले चाहे एक हप्तामा दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफूहरू कसैसँग एकीकरण पक्षमा नरहेको बताए। 
पूरा समाचार: आफ्नो पार्टीलाई राप्रपासँग एकीकरण गर्न चाहन्थे कमल थापा, राजेन्द्र लिङ्देनले मानेनन्

आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ।मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेशले १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो। नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ मा स्कटल्यान्डसँग खेल्नेछ। 
पूरा समाचार: पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको नेपाल पहिलो खेलमा बंगलादेशसँग हार्यो

चिनियाँ राष्ट्रपति सी चिनपिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको छ। ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनुअघि दुई नेताबीचको कुराकानी भएको हो। सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए।
पूरा समाचार: शपथ ग्रहणअघि ट्रम्पद्वारा चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता

माघ ५, २०८१ शनिबार २१:४७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।