प्रचण्डलाई शंकर पोखरेलको व्यंग्य 'विपक्षी दलको नेता भएसी घुर्की त लगाउनै पर्यो क्यारे! होइन त?'
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले हिउँदे अधिवेशन बोलाउने सन्दर्भमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई घुर्की लगाइरहेको भन्दै व्यंग्य गरेका छन्।
शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै महासचिव पाखरेलले प्रचण्डले आफू प्रधानमन्त्री हुँदा माघको अन्तिम साता अधिवेशन आह्वान गरेको सम्झाउँदै अहिले भने हिउँदे अधिवेशनको माग गरिरहेको भन्दै कटाक्ष गरे।
‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनुभएछ कि क्या हो? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ,’ उनले लेखेका छन्, तर पनि विपक्षी दलको नेता भएसी घुर्की त लगाउनै पर्यो क्यारे! होइन त?’
प्रतिपक्षी दल माओवादीसहितले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अधिवेशन नबोलाए विशेष अधिवेशनमा जाने चेतावनी दिएका थिए। त्यसपछि सत्तारुढ एमाले महासचिवले यस्तो धारणा राखेका हुन्।
माघ ५, २०८१ शनिबार २१:२५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।