रास्वपा लक्षित लिङ्देनको टिप्पणी ‘नयाँ दलहरू भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने सोचमा छन्’
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरू पनि अरूलाई देखाएर आफूहरूले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन्।
राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङ्देनले रास्वपालाई लक्षित गर्दै नयाँ भनिएका दलका नेता कार्यकर्ताहरू अरू दलका नेताले ‘त्यति धेरै खाए हामीले चाहिं यति खाँदा पनि थुनिनुपर्ने’ भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस-एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए। सरकार निर्माण भएको छ महिनाको अवधिले कांग्रेस-एमाले किन मिलेको भन्ने प्रमाणित भएको उनको भनाई छ।
आज देशको राष्ट्रियता कमजोर भएको बताउँदै देश अहिले भू-राजनीतिक चक्रब्युमा परेको उनले बताए। देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरूले गरेको दाबी गरे।
माघ ५, २०८१ शनिबार १५:०२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।