पावर प्लेमा नेपालले लियो तीन विकेट
काठमाडौं : आईसीसी यु१९ महिला टी२० क्रिकेटको आफ्नो पहिलो खेलमा सस्तैमा समेटिएको नेपालले पहिलो पावर प्लेमा बंगलादेशको तीन विकेट लिएको छ।
नेपालका लागि रिया शर्मा र रचना चौधरीले एक–एक विकेट लिँदा अनु कठायत र अलिसा यादवले मिलेर एक विकेट लिए। तीन विकेट लिने क्रममा उनीहरुले २१ रन दिएका छन्।
मलेसियाको वाईएसडी युकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटिएको थियो।
नेपालका लागि सना प्रविणले सर्वाधिक १९ र सीमाना केसीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बंगलादेशका लागि जन्नातुल मौवाले दुई तथा नितिसा अख्तर निसी, फाहोमिडा चोया र अनिसा अख्तर सोबाले समान एकएक विकेट लिए। नेपालका पाँच खेलाडी रनआउट भए।
माघ ५, २०८१ शनिबार १४:१४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।