पाँच खेलाडी रनआउट हुँदा सस्तैमा समेटियो नेपाल
काठमाडौं : आईसीसी यु१९ महिला टी२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल सस्तैमा समेटिएको छ।
मलेसियाको वाईएसडी युकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो।
नेपालका लागि सना प्रविणले सर्वाधिक १९ र सीमाना केसीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बंगलादेशका लागि जन्नातुल मौवाले दुई तथा नितिसा अख्तर निसी, फाहोमिडा चोया र अनिसा अख्तर सोबाले समान एक-एक विकेट लिए। नेपालका पाँच खेलाडी रनआउट भए।
१९ ओभर बलिङ गरेको बंगलादेशले एक ओभर मात्रै फास्ट बलरलाई ल्यायो। बाँकी १८ ओभरमा उसले स्पिन नै प्रयोग गर्यो। बंगलादेशले चार रन मात्र अतिरिक्त दियो।
बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
माघ ५, २०८१ शनिबार १३:३८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।