यु१९ महिला टी२० विश्वकपमा अष्ट्रेलियाको सुखद सुरुवात, स्कटल्यान्डमाथि नौ विकेटको जित

यु१९ महिला टी२० विश्वकपमा अष्ट्रेलियाको सुखद सुरुवात, स्कटल्यान्डमाथि नौ विकेटको जित

काठमाडौं : आईसीसी यु१९ महिला टी२० क्रिकेटमा अष्ट्रेलियाले सुखद् सुरुवात भएको छ। समूह ‘डी’मा रहेको अष्ट्रेलियाले स्कटल्यान्डमाथि नौ विकेटको जित निकालेको हो।

मलेसियाको बाङ्गीमा रहेको युकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको स्टकल्यान्डले निर्धारित १५.१ ओभरमा अलआउट हुँदै मात्र ४८ रन जोड्यो।

उसका लागि इम्मा वालसिङ्गमले सर्वाधिक १२ रन बनाउँदा चारलोट्टे नेभाले १० रन जोडिन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अष्ट्रेलियाकी कप्तान इलानोर लारोरा र क्यायोमी ब्रेले समान तीन–तीन विकेट लिँदा हसरत गिलले एक विकेट लिइन्।

जवाफी ब्याटिङमा आएर ४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

उसका लागि केट पेल्लेले अविजित २९ रन बनाउँदा इनेस म्याकिओनले १२ र लुकी ह्यामिल्टनले तीन रन जोडिन्।

स्कटल्यान्डकी नायमा शेखले एक विकेट लिइन्। जितसँगै अष्ट्रेलिया समूहको शीर्ष स्थानमा छ। अष्ट्रेलिया रहेको समूहमा नेपालसहित बंगलादेश र स्कटकल्यान्ड छ।

त्यसैगरी समूह ‘सी’ अन्तर्गत नाइजेरिया र सामोआको खेल वर्षाका कारण एक बलको खेल पनि हुन नसक्दा दुवै टोलीले अंक बाँडेका छन्।

समूह ‘बी’ अन्तर्गतको इंग्ल्यान्ड र आयरल्यान्डबीचको खेलमा पनि वर्षाले असर गरेको छ। इंग्ल्यान्डले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले ३.५ ओभरमा दुई विकेट गुमाएर २८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ।

माघ ५, २०८१ शनिबार १०:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।