शपथ ग्रहणअघि ट्रम्पद्वारा चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता

शपथ ग्रहणअघि ट्रम्पद्वारा चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता

एजेन्सी : चिनियाँ राष्ट्रपति सी चिनपिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको छ।

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनुअघि दुई नेताबीचको कुराकानी भएको हो।

सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए।

ट्रम्पले लेखे, ‘मलाई आशा छ हामीले सँगै मिलेर धेरै समस्याहरू समाधान गर्नेछौँ र तुरुन्तै सुरु गर्नेछौँ।’

सीसँगको कुराकानीमा व्यापार सन्तुलन, टिकटक र अन्य धेरै विषयमा छलफल भएको उनको भनाइ छ।

ट्रम्पले भने, ‘राष्ट्रपति सी जिनपिङ र म विश्वलाई शान्त र सुरक्षित बनाउन हरसम्भव प्रयास गर्नेछौं।’

चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन्।

माघ ५, २०८१ शनिबार ०९:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।