एकैदिन दुई डिग्रीले घट्यो काठमाडौंको न्यूनतम तापक्रम, शनिबार विहान कति?

एकैदिन दुई डिग्रीले घट्यो काठमाडौंको न्यूनतम तापक्रम, शनिबार विहान कति?

काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम एकैदिन दुई डिग्री सेल्सियसभन्दा बढीले घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो। गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो।

त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस, मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।

आज (शनिबार) दिउँसो काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच महाशाखाको अनुमान छ।

माघ ५, २०८१ शनिबार ०८:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।