युएइका नेपाली हँसाउन ‘दुई थोपा हाँसो’ सहित सिस्नुपानीको कार्यक्रम

युएइका नेपाली हँसाउन ‘दुई थोपा हाँसो’ सहित सिस्नुपानीको कार्यक्रम

काठमाडौँ ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा दुई थोपा हाँसो कार्यक्रमको आयोजना गर्यो।

युएईमा बसोबास गर्ने नेपाली नागरिकलाई मनोरञ्जनवित्तीय सचेतना अभिवृद्धि एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने निःशुल्क कार्यक्रम गरिएको हो।

नेपाली राजदूतावास अबुधाबीको संयोजन र गैर आवासीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरू युएइ गएका हुन्। कार्यक्रम आबुधाबीस्थित अलजोधाएम ४४मुसफ्फाबाट जनवरी १० मा सुरु भएको थियो।

क्लिन्को क्याम्प सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा कार्यक्रम गरिएको थियो। जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्पसोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो।

कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्यचर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलगायक धीरेन्द्र प्रेमर्षिकलाकार चक्र दवाडी र सरोज घिमिरेको सहभागी थिए।

नेपाली कामदारलाई पायक पर्ने हल वा उनीहरू बस्ने क्याम्पमा गएर आर्थिकसामाजिक तथा कानुनी पक्षबारे सचेतना बढाउने प्रयास गरिएको थियो। ग्लोबल आइएमई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्था प्रायोजक थिए।

माघ ४, २०८१ शुक्रबार २३:४४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।