प्रेम सम्बन्ध टुटेको झोकमा अश्लील मेसेज पठाउँदा पक्राउ

प्रेम सम्बन्ध टुटेको झोकमा अश्लील मेसेज पठाउँदा पक्राउ
सांकेतिक तस्बिर

काठमाडौँ : प्रेम सम्बन्ध टुटेको झोकमा पूर्व प्रेमिकालाई अश्लील सन्देश पठाएको र सामाजिक सञ्जालमा अर्काको नग्न तस्बिरमा टाउको जोडेर बदनाम गराएको आरोपमा २७ वर्षका युवा पक्राउ परेका छन्।

शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत युवतीको फोटोमा नग्न तस्बिर जोडेर चरित्रहत्या गरेको र गाली गर्दै अश्लील सन्देश पठाएको भन्दै उजुरी आएको थियो। त्यसैको आधारमा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्।

माघ ४, २०८१ शुक्रबार १८:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।