जेलमै रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय तोकियो
एजेन्सी : जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ।
अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा उनलाई १४ वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना तोकिएको पाकिस्तानी समाचार संस्था डनन्यूजले जनाएको छ।
अकाउन्टिबिलिटी कोर्टले सोही मुद्दामा इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ। अदालतले अल कादिर ट्रस्टलाई नियन्त्रणमा लिन पनि सरकारलाई आदेश दिएको छ।
अदालतले यो सजाय सुनाउँदा इमरान खान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए।
इमरान खान र उनकी पत्नी बुशरा बीबी विरुद्ध १९ करोड पाउन्ड वा निजी आवास समाज बहरिया टाउनद्वारा अल-कादिर विश्वविद्यालयलाई ५६ एकडभन्दा बढी जग्गा हात पारेको आरोप थियो।
पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबी अल-कादिर विश्वविद्यालयका ट्रस्टीहरू हुन्।
माघ ४, २०८१ शुक्रबार १४:२४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।