सुध्रिएन क्यान, ‘महिला पिएम कप‘मा पनि गर्‍यो जुवाको प्रचार

सुध्रिएन क्यान, ‘महिला पिएम कप‘मा पनि गर्‍यो जुवाको प्रचार

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले धनगढीमा जारी प्रधामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनलाइन जुवाको प्रचार गरेको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानले अनलाइन जुवा खेलाउने कम्पनी डाफाबेटको सरोगेट कम्पनी डाफान्यूजको प्रचार गरेको हो।

महिला पिएम कपको पहिलो र दोस्रो दिन अनलाइन जुवाको प्रचार नगरे पनि आजबाट भने मैदानमै ठूला-ठूला प्रचार सामग्री राखेर प्रचार थालेको छ।

क्यानले यसअघि वीरगञ्ज र जनकपुरमा भएको जय ट्रफी दुई दिवसीय खेलमा पनि अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी डाफान्यूज प्रचार गरेको थियो।

त्यसअघि पनि त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनएपीएल)मा क्यानले वुल्फ७७७ को अनलाइन जुवा कम्पनीको सरोगेट कम्पनी वुल्फ७७७न्यूजको प्रचार गरेको थियो।

उकेराले नियमित रूपमा नेपाल क्रिकेट संघ (क्यान)ले अनलाइन जुवाको प्रवर्दधन गरिरहेको बारेमा समाचार प्रकाशित गरिरहेको छ।

सम्बन्धित समाचार:

माघ ४, २०८१ शुक्रबार १२:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।