बन्धकहरूलाई रिहा गर्ने विषयमा सहमति भयो : इजरायली प्रधानमन्त्रीको कार्यालय

बन्धकहरूलाई रिहा गर्ने विषयमा सहमति भयो : इजरायली प्रधानमन्त्रीको कार्यालय

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बन्धकहरूलाई रिहा गर्ने विषयमा सहमति भएको जनाएको छ।

बिहीबार, प्रधानमन्त्री नेतन्याहुले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगित गर्दै हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए।

शुक्रबार बिहान नेतान्याहुको कार्यालयले वार्ताका लागि गठित टोलीले नेतान्याहु सहमत भएको जानकारी दिएको जनाएको छ।

नेतान्याहुको कार्यालयले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएपछि सम्झौता स्वीकृत हुनेछ। यसबारे बन्धकका परिवारलाई जानकारी गराइएको छ।

इजरायली मिडिया रिपोर्टका अनुसार इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन्।

बुधबार अमेरिका र कतारले युद्धविराम सम्झौताको बारेमा पहिलो जानकारी दिएका थिए।

माघ ४, २०८१ शुक्रबार १२:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।