एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण असफल

एजेन्सी : अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन असफल भएको छ।

उडान भरेलगत्तै रकेटमा समस्या आउन थालेपछि यसको ‘अपर स्टेज’को चरण पूरा हुन नपाएको स्पेश एक्सले बताएको छ।

सामाजिक सञ्जाल एक्समा राखिएको एक पोस्टमा स्पेश एक्सले भनेको छ, ‘एसेन्ट बर्नको समयमा स्टारशिपमा समस्या आएको थियो। ठिक कारण पत्ता लगाउनका लागि उडानसँग जोडिएको डेटाबारे टिमले अध्ययन थालिसकेको छ।’

सामाजिक सञ्जालमा देखिएको एक अपुष्ट भिडियोमा रकेट आगोमा जलिरहेको देख्न सकिन्छ।

सामाजिक सञ्जालमा प्रक्षेपणपछिको भिडियो सार्वजनिक गर्दै एलोन मस्कले लेखे, ‘सफलता अनिश्चित छ, तर मनोरञ्जनको भने अवश्य ग्यारेन्टी छ।’

उनले जहाज र बूस्टरको पहिलेभन्दा राम्रो भर्जन लन्चको प्रतिक्षामा रहेको समेत बताए।

माघ ४, २०८१ शुक्रबार ०९:५४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।