अजय ‘आजाद’ र नविनको ‘फिरफिरे’ हलमा, तर पुरानै फिल्मको वर्चश्व कायमै

अजय ‘आजाद’ र नविनको ‘फिरफिरे’ हलमा, तर पुरानै फिल्मको वर्चश्व कायमै

काठमाडौं : हरेक शुक्रबार झैँ यो साता पनि नयाँ सिनेमा हलमा लागेका छन्। आजबाट हलमा थप एक नेपाली र हिन्दी फिल्म प्रदर्शनका लागि आएका छन्।

नेपाली फिल्म ‘फिरफिरे फरर’ले ४५ शो पाउँदा अजयको ‘आजाद’ले एक सयभन्दा बढी शो पाएको छ। हलमा यी दुई फिल्मको अकुपेन्सी खासै देखिँदैन।

अहिले हलमा गत हप्ताबाट प्रदर्शनमा आएको ‘कार्साङ’ पनि प्रदर्शनमै छ। यो फिल्मले पनि आज हलमा एक सयभन्दा बढी शो पाएर प्रदर्शनमा छ।

यसका अलावा हलमा दक्षिढा भारतीय चर्चित फिल्म ‘पुष्पा २’ र तिहारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा छन्।

आजबाट नयाँ प्रदर्शनमा आएका फिल्मभन्दा यी दुई शोमा दर्शकको अकुपेन्सी बढी छ।

साथै हलमा ‘गेम चेन्जर’ र अंग्रेजी फिल्म ‘मुफासा’ पनि प्रदर्शमा छन्। यी दुई फिल्मलाई हलमा ७० भन्दा बढी शो दिइएको छ।

माघ ४, २०८१ शुक्रबार ०९:३२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।