ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि आक्रमणको प्रयास भएको खुलेको छ।
मन्त्री खड्कामाथि गत शुक्रबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो।
बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताएका हुन्।
मन्त्रालयबाट बाहिरिने क्रममा आक्रमणको प्रयास भएको बताएपछि गृहमन्त्री रमेश लेखकले आफूलाई किन जानकारी नदिएको भन्दै प्रतिप्रश्न गरेका थिए।
मन्त्री खड्काले आफूले घटनालाई सामान्य रूपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्ति मानसिक समस्या भएको व्यक्ति भएपछि छाड्न भनेको बताए।
ती व्यक्ति छुटेको जानकारी दिएका खड्काले आक्रमण प्रयास गर्ने व्यक्ति गोरखाका पोरखेल थर गरेका व्यक्ति भएको जानकारी गराए।
माघ ४, २०८१ शुक्रबार ०७:३३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।