ललितपुरमा आज साढे ६ घण्टा बिजुली काटिने

ललितपुरमा आज साढे ६ घण्टा बिजुली काटिने

काठमाडौं : ललितपुरका विभिन्न स्थानमा शुक्रबार बिजुली कटौती गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणलेले सूचना प्रकाशन गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ। 

तोकिएको कार्य समयअगावै सम्पन्न भए निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ।

माघ ४, २०८१ शुक्रबार ०७:२१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।