आफूमाथि हातपात गर्ने व्यक्तिविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए जाहेरी, अघि बढ्यो अनुसन्धान
काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि हातपात गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरूद्ध प्रहरीमा जाहेरी दिएका छन्।
त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा तथा रवि समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका थिए।
रास्वपा सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारीका पीडितको त्रिपाठीले पक्षबाट बहस गरेका थिए।
उनीमाथि हातपात भएलगत्तै प्रहरीले ललित केसीलाई पक्राउ गरेको थियो।
एसपी अधिकारीका अनुसार त्रिपाठीले दिएको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
माघ ३, २०८१ बिहीबार १८:११:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।