डाक्टर ध्रुव गुरूङसँग बिहे गर्दै मेलिना राई

काठमाडौं : गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले भोलि लमजुङ स्थायी घर भएका ध्रुव गुरूङसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्।
उनको विवाहको अघिल्लो दिन इन्गेजमेन्ट गरेको तस्विर र भिडिओ सार्वजनिक भएको छ। दुवैले आ-आफ्ना संस्कार र संस्कृतिको भेषभुषा लगाएर माला लगाएको भिडिओ र फोटोमा देख्न सकिन्छ।
गायिका राईको हुनेवाला श्रीमान् पेसाले चिकित्सक पेसामा रहेको बताइएको छ। उनीहरू छोटो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको चर्चा छ।
गायिका राईका ‘कुटुमा कुट सुपारी दाना’, ‘के गुलियो छ र सक्खर चिनी’लगायत दर्जनौं गीतहरू चर्चामा रहेका छन्।
उनी गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’की निर्णायकसमेत हुन्। भोलिबाट हिमालय टेलिभिजनबाट प्रसारणमा आउन लागेको यो रियालिटी शो र उनको बिहे एकैदिन हुने भएको छ।
यसअघि गायिकाले गितारिस्ट सञ्जिव बराइलीसँग २ वर्षअघि इन्गेजमेन्ट तोडेकी थिइन्।
माघ ३, २०८१ बिहीबार १६:२२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।