चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन गरेको दाबी
काठमाडौं : चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। गत शुक्रबारबाट रिलिज भएको चलचित्रले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो।
सुरुका दिनमा केही कम दर्शक देखिए पनि बिस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ। माघ १ बाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ।
यो कमाइ अभिनेता दयाहाङ राईको फिल्ममध्ये सबैभन्दा कमजोर व्यापार हो। ‘डिग्री माइला’देखि ‘कार्साङ’सम्म आइपुग्दा यसवर्ष राईका ५ फिल्म रिलिज भएका छन्।
चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन्।
‘कार्साङ’मा दयाहाङसँगै, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह-निर्मातामा गोविन्द बोहरा छन्।
कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
माघ ३, २०८१ बिहीबार १६:०४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।