छुरा प्रहारबाट सैफ अली खानको दुई ठाउँमा गहिरो चोट, एउटा मेरुदण्डनजिकै

छुरा प्रहारबाट सैफ अली खानको दुई ठाउँमा गहिरो चोट, एउटा मेरुदण्डनजिकै

एजेन्सी : बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी सख्त घाइते भएका छन्। उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। 

अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ। 

सैफ अली खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनमा रहेको निवासमा एक घुसपैठियाले घरमा काम गर्ने एक महिलासँग मुठभेड गरेपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ। 

बलिउड अभिनेता सैफ अली खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ। उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन्।'

उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। 

माघ ३, २०८१ बिहीबार १४:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।