यस वर्ष एनआईसी एशिया बैंकका शेयरधनीको हात रित्तै
काठमाडौं : एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस २९ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ।
राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात बैंकले आफ्नो २७औं वार्षिक साधारण सभा गर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाँले जानकारी दिए।ब
माघ ३, २०८१ बिहीबार १४:३२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।